देउखुरीको विकासबारे सरोकारवालासँग छलफल

दाङ- दाङको देउखुरी उपत्यकाको समग्र विकासका लागि गुरु योजना निर्माण गरिने भएको छ ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको क्षेत्रलाई समेटेर देउखुरी विकासको गुरु योजना निर्माण गर्न थालिएको हो ।

योजना निर्माण गर्ने विषयमा शनिबार लमहीमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधिहरु, राजनीतिक दल, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसँग छलफल गरिएको छ ।

प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले ‘दाङ क्षेत्र नम्बर १ को सपना,समृद्ध भूगोल र सुखी जनता’ को नारा सहित कार्यपत्र प्रस्तुत गरिन् ।

कार्यपत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोखरेल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले टिप्पणी गरे ।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्