चीनको सान्यामा यसरी सम्पन्न भयो मिस वर्ल्ड (फोटो फिचर)

काठमाडौँ – चीनको सान्यामा सम्पन्न मिस वर्ल्डको उपाधि मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले जितेकी छिन्।

१२१ देशका प्रतिष्पर्धीलाई पछि पार्दै उनले यस वर्षको विश्व सुन्दरीको ताज पहिरिएकी हुन्। चीनको सान्यामा शनिबार सम्पन्न विश्वसुन्दरी प्रतियोगिताको औपचारिक घोषणा कार्यक्रममा भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।

उत्कृष्ट ५ मा पुगेका मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र जमैकाका सुन्दरीमध्ये फर्ट रनरअफ थाइल्याण्डकी निकोलिन पिचापा लिम्स्नुकान भएकी छिन्।

त्यसैगरी, जमैकाकी कादिजाह रोबिन्सनले सेकेन्ड रनरअपको उपाधि जितेकी छिन्। बेलारुसकी मारिया भ्यासिलेभिच र युगाण्डाकी क्वीइन एबेनाक्यो पनि उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्।

यसैबीच, मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेकी छिन्। एशियाबाट मिस थाइल्याण्डले उत्कृष्ट ५ मा स्थान बनाउँदै नेपाली सुन्दरीको यात्रामा पूर्णविराम लगाइदिएका हुन्।

श्रृंखला ब्यूटी विथ पोर्पज अवार्ड जितेर टप ३० मा पुगेकी थिइन्। यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन्।

यो मिस वर्ल्डको ६८औँ संस्करण हो। दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन्। मिस वर्ल्डको इतिहासमा भेनेजुएला र भारत समान ६ पटक विजेता बनेका छन्।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्