हिरा व्‍यापारीको हत्‍यामा टीभी सिरियलकी चर्चित बहू देवालीनीको संलग्‍नता !

एजेन्सी- पाँच डिसेम्बरमा रायगढ जिल्लाको नजिकै रहेको जंगलमा एउटा लाश भेटिन्छ। उक्त लाशको पहिचान एउटा हीरा व्‍यापारीको रुपमा हुन्छ। त्‍यसमा एउटा प्रहरी, एक मन्त्रीका पूर्वसचिव तथा एक अभिनेत्रीलाई पक्राउ पर्छन्। यी सबै घटनाहरु एक प्रकारको फिल्‍मको कहानी जस्तै लाग्छ।

तर, मुम्बइको हिरा कारोबारी राजेश्‍वर उदानीको हत्‍याको प्रकरण निक्‍कै जटिल बन्‍दै गएको छ। प्रहरीले उक्त प्रकरणमा अहिलेसम्‍म तीनजनालाई हिरासत लिइसकेको छ, जसमा सबैभन्दा चर्चित नाम टीभी सिरियलमा काम गर्ने अभिनेत्री देवोलीना भट्टाचार्यको पनि छ।

उक्त सिलसिलामा देवोलीनासँग सचिन पवार नामका एक व्‍यक्तिलाई गुवाहटीको एउटा होटलबाट पक्राउ गरिएको छ। उक्त प्रकरणमा एउटा कस्टेबल दिनेश पवारको समेत नाम आरोपित छ।

मुम्बइ प्रहरीका एसपी लखीम गौतमका अनुसार प्रहरी कन्स्टेबल पहिले देखि नै सन् २०१४मा एउटा बलात्कार प्रकरणमा पक्राउ परेका व्‍यक्ति हुन्।  उनका अनुसार पहिलो पटक हत्‍याको साटो उदानीसँग पैसाको लेनदेनमा विवाद तथा सचिनलाई महिला मित्रलाई लिएर देखिएको विवाद हो।

प्रहरीले भनेका छन्, ‘ देवोलीना ती मानिसहरुमध्‍ये जसले हिरा कारोबारीसँग कुरा गरेकी थिइन्।’ अभिनेत्री देवोलीना भट्टाचार्य आसमकी हुन। साथै उनी टिभी सिरियल ‘साथ निभाना साथिया’मा गोपी बहूका चर्चित भूमिका निभाइसकेकी छिन्।

यस्तै उनले आफ्‍नो सात वर्षको टेलिभिजन कियरमा ‘पसंदीदा बहू’को रुपमा आफ्‍नो छुट्टै पहिचान बनाइसकेकी छिन्। उक्त दौरानमा उनले सिरियलहरुमा आफ्‍नो भूमिकाको लागि कति पटक त अवार्ड समेत पाइसकेकी छिन्।

देवोलीनाले सन् २०१३मा ‘आइटीए’ अवार्ड फर देशकी धड्कन, सन् २०१४ मा स्टार परिवार अवार्ड्स मा ‘फेबरेट बहू’, सन् २०१५मा इन्डियन टेली अवार्डस्’ मा बेस्ट एक्ट्रेस, ‘बिस स्टार इन्टरटेन्मेन्ट अवार्डस्’मा मोस्ट इन्टरटेनिङ टेलिभिजन एक्टर-फिमेल’, स्टार परिवार अवार्ड्समा फेबरेट पत्नी तथा फेबरेट बहू, सन् २०१६ मा जी गोल्ड अवार्डस्मा पपुलर बहू अन इन्डियन टेलिभिजन तथा सन् २०१७को ‘स्टार परिवार अवार्डस्’मा ‘फेबरेट बहू’ को पुरस्कार पाइसकेकी छिन्।

उनी बिकनीमा समेत केही बोल्ड तस्बिर आफ्‍नो दिएकी छिन जुन इन्टरनेटमा भाइरल भइरहेका छन्। यसका साथै उनले ‘संवारे सबकै सपने प्रीतो’मा समेत काम गरिसकेकी छिन्।

उदानी हत्‍यामा अल्झिएको तार


देवोलीनाका साथै सचिन पवार नामका एक व्‍यक्तिलाई समेत पक्राउ परेका छन्। सचिन पवार महाराष्ट्रका गृह निर्माण मन्त्री प्रकाश मेहताका पूर्व निजी सचिव रहीसकेका छन्।

प्रकाश मेहताले शुक्रबार साँझ मिडिया सामू पवारले सन् २००४ देखि सन २००९ सम्‍म उनीसँग रहेको तर त्‍यसपछि जब उसले एक निर्दलीय प्रत्यासी बनेर बीएमीको चुनाव लडे, उनले सबै सम्बन्धहरु तोडिसकेको र भाजपासँग निकालिएका बताएका छन्।  अहिलेसम्‍म प्रहरीले पाँच गर्दै उदानीले केही बारमा नियमित जाने गरेको र सचिन पवारको माध्‍यमबाट कैयौ ग्‍ल्‍यामर क्षेत्रका महिलासँग सम्पर्कमा रहँदै आएका थिए।

गुवाहटीमा २२ अगस्ट सन् १९९०मा जन्मिएकी देवोलीना भट्टाचार्य एउटा ट्रेन्ड भरतनाट्यमका डान्सर हुन। सन् २०११देखि आप्‍नो करियर सुरुवात गरेकी उनले डान्स इन्डीया डान्सको सिजन २को अडिशनमा पहिलो पटक देखिएकी थिइन्। यसपछि उनी टीभी सिरियलको क्षेत्रमा ‘संवारे सबके सपने प्रीतो’मा बानीको भूमिकामा दिखिइन्।

त्‍यसपछि फेरि एक्ट्रेस जिया मानिकको सिरियल छाडेपछि उनले रातारात ‘साथ निभाना साथिया’को लागि छानिइन्। इडियट बक्समा उनको पहिचान यही सिरियलले चर्चित गोपी बहूको नाम र लोकप्रियता दिलायो।

केही दिन पहिले कलर्सबाट आउने सिरियलमा केही नयाँ भूमिकामा देखिने खबर फेलिएको थियो।

कसरी बेपत्ता भएका थिए उदानी ?


राजेश्‍वरी उदानी (५७) २८ नोभेम्बरमा आफ्‍नो अफिसबाटै बेपत्ता भएका थिए। प्रहरीले उनी हराएको उजुरी दर्ता गराएर खोझी कार्य सुरु गरेको थियो। त्‍यही बेला उनको मोबाइल नयाँ मुम्बइको राबले भन्‍ने ठाउँमा रहेको देखाइयो। तर फेरि उनको मोबाइल सिग्नल नै गायब भयो। यसपछि प्रहरीले अपहरणको मुद्दा दर्ता गरायो र थप खोजीमा जुट्‍यो।

उनको ड्राइभरले प्रहरीलाई बताए अनुसार उदानीको गाडीबाट पन्त नगर मार्केटदेखि उत्तर गएका थिए, जहाँ एक अर्को गाडी आयो र उनी त्‍यसैमा चढेर गए।

यसपछि बुधबार उदानीको मृत शरीर फेला पर्‍यो। उनको छोराले शवको पहिचान गरेका थिए।उदानीको हत्‍या प्रकरणमा प्रहरीले अहिलेसम्‍म करीब दर्जन व्‍यक्तिलाई गिरफतार गरेर सोधपुछ गरिसेका छन्।

तर त्‍यसबाट शंकास्पद संकेत भने मनोरञ्‍जन क्षेत्रमा काम गर्ने केही महिलालाई समेत बोलाउनु पर्ने प्रहरीको भनाई छ।

स्रोत: बीबीसी

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्