निर्मलाले जन्माइन् तिम्ल्याहा सन्तान

धनगढी – कैलालीकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन । गौरीगंगा नगरपालिका–३ की निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।

सेती अञ्चल अस्पतालका अनुसार २७ वर्षीया निर्मलाले सोमबार बिहान आधाआधा घन्टाको फरकमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन ।

तीनवटै नवजात शिशु र आमाको स्वाथ्य अवस्था सामान्य रहेको भएपनि शिशुको तौल कम रहेकाले अस्पतालमै राखेर स्याहार गरिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्