इतिहासमा दोस्रो पटक मानव निर्मित वस्तुले सोलार सिष्टमभन्दा बाहिर

नासाको भोयाजर-२ सौर्यमण्डल छोड्‌न सफल, के सौर्यमण्डल बाहिरको अध्‍ययन गर्ला?

अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्षको इतिहासमा दोस्रो पटक मानव निर्मित यान भोयाजर-२ लाई ताराहरुबीच पठाउन सफल भएको छ। नासाको उक्त भोयाजर-२ अब हिलिस्फियरभन्दा (सूर्यको कण तथा चुम्बकीय क्षेत्रमा रहेको सुरक्षात्मक दलदल) बाहिर निक्लेर आइसकेपछि त्‍यहाँ पुग्न सफल भएको नासाका भोयाजर टिमका मुख्‍य वैज्ञानिक एवं प्रोफेसर एडवर्ड स्टोनले पत्रकार सम्‍मेलन गरेर जानकारी दिएका हुन्।

वैज्ञानिक एवं प्रोफेसर स्टोनले उक्त कुराको पुष्टि गर्दै भनेका छन्, ‘हामीले सन् १९७७ मा पृथ्वीबाट छोडेको भोयाजर-२ सौर्यमण्डलभन्दा पनि टाढा पुग्‍न सफल भएको छ।’

विश्‍वको इतिहासमा दोस्रोपटक मानव निर्मित वस्तुले सोलार सिष्टमभन्दा बाहिर जान सफल भएको छ। यसले बाहिरको समेत अध्‍ययन गर्न मद्दत पुर्‍याउनेछ।’

यसको जोडी भोयाजर-१ लाई १६ दिन पहिले अन्तरिक्षमा पठाइएको थियो। तर भोयाजर-१ भने ६ वर्षसम्‍म ताराहरुको बीचमै बस्न बाध्‍य भएको थियो। अमेरिकी भूगर्भीय संघ (एजीइ)को बैठकमा मिसनका स्टोनले प्रमुखले उक्त जानकारी दिएका थिए।

अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार भोयाजर-२मा एक काम गर्ने उपकरण छ जसले प्रकृतिको पहिलो स्पर्शलाई अवलोकन गर्ने र अन्तरिक्षमा यसलाई पठाउनेछ।

अहिले यो प्रोब पृथ्वीभन्दा १८ अर्ब किलोमिटर अर्थात ११ अर्ब माइल टाढा छ। यो लगभग ५४ हजार किलोमिटर प्रतिघण्टा (३४ हजार माइल प्रतिघण्टा) टाढा चलिरहेको छ।

के यसले सौर्यमण्डल बाहिरको पनि अध्‍ययन गर्ला?


अहिले भोयाजरले सुरुवाती अवस्थामा बाहिरको प्लानेट्सको अध्‍ययन गर्नेछ, तर त्‍यहीँ आसपासमा घुमेर बस्‍नेछ। प्रोफेसर स्टोनले मिसनका टीमहरुलाई पनि यसको बारेमा कुनै नयाँ आइडिया नभएकाले यो भोयाजर कति टाढासम्‍म पुग्‍ने र सूर्यको धुलो कणहरुलाई छिचोल्दै किनारमा पुग्‍ने बताएका छन्।

उनले भनेका छन्, ‘यदि स्पेसक्राफ्ट त्‍यहाँ बसिरह्‍यो भने हामीलाई पनि थाहा छैन, धुलो कणहरुसँग कति ठूलो हुनेछ र कति समयसम्‍म बस्‍नेछ भनेर। तर अब हामीले यसको बारेमा अध्‍ययन सुरु गरिसकेका छौँ। भोयाजरको ४१ वर्षको यो यात्रा भने निक्‍कै उत्साहजनक रहेको छ।’

यता, वैज्ञानिकहरुले सौर्य परिवारको परिभाषालाई धेरै तरिकाबाट व्‍याख्‍या गर्ने गरेका छन्। प्रोफेसर स्टोनले यसको परिभाषामा सधैं सतर्क रहनुपर्ने बताउँछन् र एउटा वाक्‍यांश भन्‍ने गरेका छन्, ‘छाडौं सौर्य परिवार भन्‍न।’उनले विस्तारै भोएगर-२ गुरुत्वाकर्षणलाई पन्छाउँदै सूर्यको कणहरुलाई अध्‍ययन गरिरहेको बताएका छन्।

तर यी दुवै भोयाजरहरु अहिलेको लागि नयाँ नै रहेको र अन्तरिक्षको बारेमा धेरै रहस्‍यहरु खोल्‍न बाँकी रहेको उनको भनाइ छ।

कति लामो यात्रा गर्नेछ?


अहिले सबै वैज्ञानिकको चासोको विषय बनेको छ की यो भोयाजर-२ ले अन्तरिक्षमा कति लामो यात्रा गर्नेछ? कसैले १० वर्ष त कसैले अर्बौ किलोमिटर भनेका छन्। किनकि भोयाजर- १ ले पृथ्वीबाट सन् १९७७मा ५ सेप्टेम्बरमा पठाइएको थियो भने भोयाजर-२ लाई भर्खरै पठाइएको छ।

यी दुवै जोडीहरुको उद्देश्‍य भनेको वृहस्पति, शनि, अरुण, बरुणको बारेमा खोज अनुसन्धान गर्नु थियो, जुन सन् १९८९ मा पूरा भएको थियो।

यस्तै अब भोयाजर-२ को काम पनि सन् २०२७ सम्‍म यही ग्रहहरुको बारेमा विस्तृतमा सुक्षम अध्‍यय गर्ने रहेको प्रोजेक्ट प्रमुख सुजाने डोडले बताएकी छन्।

उनले भनेका छन्, ‘यसले ५० वर्षसम्‍म उत्साहपूर्ण तरिकाले अन्तरिक्षमा काम गर्नेछ। साथै हाम्रो मिसनलाई बिना कुनै क्षति इन्टेन्स्टेलरको बारेमा जानकारी पठाइरहनेछ।’