राजधानीका दुई स्थानमा दुई वटा बाघका छाला बरामद

काठमाडौँ – एकै दिन राजधानीका दुई ठाउँमा दुइ वटा बाघको छाला बरामद भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले बुढानिलकन्ठ र नयाँ बसपार्क प्रभागको टोलीले ती छाला बरामद गरेको हो।

सीआईबीको टोलीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका ३८ वर्षीय मानबहादुर तामाङ, गोरखाका ३० वर्षीया लोकमाया गुरुङ र सप्तरीका ५० वर्षीय अमर सिंह छन्।

नयाँ बसपार्क प्रभागको टोलीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्