कसरी बिताउनेछन् योगी आदित्यनाथले जनकपुरमा पाँच घण्टा ?

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार विवाहपञ्चमीमा सामेल हुन जनकपुर आउँदै छन्। उनले जनकपुरमा पाँच घण्टा बिताउनेछन्।

उनी रामको जन्ती बनेर जनकपुर आउन लागेका हुन्।

साढे १० निजी विमानबाट जनकपुर आइपुग्ने योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम छ, त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको जनाइएको छ।

योगीको मधेशभवनमा मिथिला संस्कृति अनुसार स्वागत गरिने साथै योगीसाथै आएका साधुसन्तहरुलाई दिवाभोजमा सहभागी गराउने कार्यक्रम रहेको छ।

मिथिलाको ५६ प्रकारको भोजन गराइसकेपछि योगीको ऐतिहासिक बाह्रविघा गई स्वयंबर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। स्वयंबर कार्यक्रममा सहभागी भएपछि योगी दिउँसो साढे तीन बजे निजी बिमानबाट लखनउ फर्कने कार्यक्रम छ।

 

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्