भारतका पाँच राज्यमा विधानसभा चुनावः

विधानसभाका दुवै सिटमा हारे कांग्रेस नेता एवं मुख्यमन्त्री

नयाँ दिल्ली – भारतका पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। चुनावी परिणाम अनुसार तेलंगना बाहेक अन्य ४ राज्यमा सत्तापलटको स्थिति देखिएको छ।

सबैभन्दा रोचक परिणाम मिरोजममा आएको छ। मिजोरममा मिजो नेशनल फ्रण्टले सरकार बनाउने पक्कापक्की भएको छ।

मुख्यमन्त्री पराजित

मिरोरमका मुख्यमन्त्री एवं राहुल गान्धी नेतृत्वको कांग्रेसका नेता लाल थानहावला पराजित भएका छन्।

मिजोरमका दुई वटा सिटमा प्रतिष्पर्धा गरेका थानहावलाको विधानसभाको बाटो बन्द भएको हो। थानहावलाले दक्षिण चम्फई सिटमा मिजो नेशनल फ्रण्टका लाल नानथुआङ्गलासँग पराजित भएका हुन्।

त्यसैगरी, अर्को सिटमा दोस्रो सिट सेरछिपबाट मुख्यमन्त्री थानहावला स्वतन्त्र उम्मेदवारसँग पराजित भएका हुन्। थानहावला सन् १९८४ मा पहिलो पटक मिजोरमका मुख्यमन्त्री बनेका थिए।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्