काठमाडौँ – ओयो होटलले गुणस्तरीय होटलहरु स्थापना गरिरहेको छ। एशियामै पहिलो थिएल फेलोशीप पेपाल संस्थापक पीटर थिएलद्वारा सुरु गरिएको विजेता रितेश अग्रवालद्वारा सन् २०१३ मे मा स्थापित गरिएको होटेल श्रृंखला हो।

यो दक्षिण एसियाको सबैभन्दा ठूलो, चीनका शीर्ष १० मध्ये एक, र विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दोे होटल, घरहरू र बस्ने स्थानहरूको श्रृंखला हो।

र, यो भारत, चीन, मलेशिया, नेपाल, युके, संयुक्त अरब ईमिरेट्स र हाल इन्डोनेशियामा पनि अवस्थित छ। एकभन्दा धेरै अवस्थामा यात्रीहरू र शहरबासीहरु स्थान, गुणस्तर र मूल्यमा सम्झौता गर्न बाध्य भएका हुन्छन्।

रितेश यस समस्यालाई प्रविधि र प्रतिभाको प्रयोग गरी समाधान गर्न चाहन्थे। यही सोचबाट नै यात्रुहरुको लागि अनुमानित, सस्तो, कुनै पनि समय उपलब्ध रहने बसाई व्यवस्थाहरु प्रदान गर्ने प्रतिज्ञाको साथ सन् २०१३ मा ओयोको सुरुवात भएको हो।

पछिल्लो पाँच वर्षमा ओयोले वितरण, परिचालन र परिवर्तनकारी निर्माण क्षमताहरू बनाएको छ। ओयोका सिविल इन्जिनियरहरूको बलियो टोलीले बिना ब्रान्डको होटलहरूको आवश्यक निर्माण र नवीकरणको काम गर्दछन्। र उनीहरूको गुणस्तरलाई बढाएर परिष्कृत बनाउँछ।

नेपालमा मे २०१७ बाट सञ्चालन सुरु गरेको ओयोले आफ्नो श्रृंखला काठमाडौं र पोखराका एक सयभन्दा धेरै होटलमा विस्तार गरेको छ, जहाँ कोठाको मूल्य नेपाली रुपैयाँ ९ सय ९९ बाट सुरु भई २ हजारसम्म हुने गरेको छ।

ओयोको हाल नेपालमा ४५ जना कर्मचारीहरु छन्। पोखरामा हालै आयोजित क्रिकेट खेल पोखरा प्रिमियर लीग (पीपीएल) को लागि ओयो आतिथ्य साझेदार पनि रहेको थियो।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्