मध्यरातमा युवकको हत्या

सांकेतिक तस्बिर

गौशाला – महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको मंगलबारराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्