विवाह पञ्चमीको जनकपुरमा यस्तो उल्लास (तस्बिरहरु)

जनकपुर – बुधबारबाट विवाह पञ्चमी समारोहमा सुरु हुँदैछ । हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व बुधबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ ।

यस अवसरमा जनकपुरधाममा विशेष उल्लास सुरु भएको छ । जनकपुरधाममा हुने विवाह पञ्चमीका लागि भारतको उत्तर प्रदेशमा मुख्य मन्त्री योगी आदित्यनाथ बुधबार जन्ती लिएर जनकपुर आउँदै छन् ।

उनको स्वागतका लागि जनकपुरलाई दुलहीझैँ श्रृंगारिएको छ । ठाउँ ठाउँमा बनाइएका स्वागतगेटमा मुख्यमन्त्री लालबावु रावतको तस्बिर टाँसिएको छ ।

केही तस्बिरहरु


मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्