जनकपुर – ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् ।

जनकपुर मन्दिरमा पूजा गर्दै योगी आदित्यनाथ

उनलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहितले स्वागत गरेका छन् । योगी आदित्यनाथ विवाह पञ्चमीमा सहभागी हुन विशेष अतिथि बनेर आएका हुन् ।

उनले झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् । योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गर्दै छन् ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्