योगी अदित्यनाथ जानकी मन्दिरमा पूजा सकेर मुख्यमन्त्री निवासमा

जनकपुर- विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथि बनेर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेका छन् । बुधबार बिहान जनकपुरधाम पुगेका उनले मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेका हुन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेका थिए ।

उनी विमानस्थलबाट सीधै जानकी मन्दिर गएर पूजामा सहभागी भएका थिए । मन्दिरमा पूजा सकेपछि उनी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतसँग मुख्यमन्त्री कार्यालय प्रस्थान गरेका छन् ।

 

 

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्