जनकपुर – विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथि बनेर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा आयोजित दिवाभोजमा सहभागी भएका छन् । बिहान जानकी मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेका उनी त्यसपछि मुख्यमन्त्री कार्यालयमा गएका थिए ।

मुख्यमन्त्री लालबावु राउतसहितका केही नेताहरुसँग छोटो भेटघाट सकिएपछि अहिले आदित्यनाथ दिवाभोजमा सहभागी भएका हुन् । योगी आदित्यनाथसहित साधुसन्तहरु पनि दिवाभोजमा सहभागी भएका छन् ।

मिथिलाको ५६ प्रकारको भोजन सकेपछि उनको ऐतिहासिक बाह्रविघा गई स्वयंबर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। स्वयंबर कार्यक्रममा सहभागी भएपछि योगी दिउँसो साढे तीन बजे निजी बिमानबाट लखनउ फर्कने कार्यक्रम छ।

उनी बुधबार निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले स्वागत गरेका थिए ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्