काठमाडौँको कमजोर ब्याटिङ, ललितपुरलाई ११० रनको लक्ष्य

काठमाडौँ- एभरेस्ट प्रिमियर लिग-इपिएल क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले काठमाडौँ किङ्स इलेभेनले ललितपुर प्याट्रियट्ससँग खेलिरहेको छ। पहिला ब्याटिङ गरेको काठमाडौँले ललितपुरलाई ११० रनको लक्ष्य प्रस्तुत गर्‍यो।

काठमाडौँले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १०९ रन जोड्यो। काठमाडौँका केबिन ओबरायनले सर्वाधिक ४२ रन बनाए। सिद्धान्त लोहनीले २१ र सांसद सेखले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ललितपुरका बलर पवन सर्राफले तीन तथा योगेन्द्र कार्की र रसिद खानले दुई दुई विकेट लिए।

काठमाडौँले पहिलो खेल जितेको थियो। पहिलो खेल हारेको ललितपुर त्यसपछिका  लगातार दुई खेलमा विजयी भएको छ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्