जनकपुरमा धुमधाम विवाह पञ्‍चमी

बाह्रबिघामा रामजानकीको स्वयंवर सुरु

जनकपुरको एतिहासिक रंगभुमि मैदानमा बाह्रबिघामा आयोजित रामजानकीको स्वयंवर कार्यक्रम। तस्बिर-देश सञ्‍चार

जनकपुरधाम- जनकपुरको एतिहासिक रंगभुमि मैदानमा बाह्रबिघामा रामजानकीको स्वयंवर सुरु भएको छ। प्रमुख अतिथिको रुपमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भएपछि स्वयंवर सुरु भएको हो।

रामजानकीको शुभविवाह अन्तर्गत बुधबार बाह्रबिघामा रामजानकीको स्वंयवर सभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेशसका प्रतिनिधीहरु बाह्रविघा पुगि सकेका छन्।

विवाहपूर्व स्वंयवर कार्यक्रम गर्ने गरिन्छ। विवाहपूर्व माता सीताले दुलहा श्रीरामलाई वरमाला लगाएकी थिइन्। त्यही सम्झनामा विवापूर्व स्वयंवरको आयोजना गरिन्छ।

त्रेता युगमा भगवान रामले धनुषयज्ञमा धनुष भाँचेपछि सीताले मिथिलाका राजा जनक, गुरु विश्वामिन्त्र, अवधका राजा दशरथ र विभिन्न देशका राजा तथा प्रतिनिधी समक्ष सीताले रामलाई वरमाला हार लगाएकी थिइन्। यही परम्परा अनुसार आज रामजानकीको शुभविवाह अगाडी जनकपुरको एतिहासिक रंगभुमि मैदानमा स्वंयवर कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्‍वर दासले बताए।

यसअघि भारतका मुख्यमन्त्री आदित्‍यनाथले बिहान जानकी मन्दिरमा आधा घण्टा पूजा अर्चना गरेर मुख्यमन्त्री राउतको कार्यालयमा गएका थिए।मुख्यमन्त्री लालबावु राउतसहितका केही नेताहरुसँग छोटो भेटघाट सकिएपछि अहिले आदित्यनाथ दिवाभोजमा सहभागी भएका थिए।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्