गृहमन्त्री बादल पुत्रको चेतावनी – अहिलेसम्म सहियो अब अति भयो !

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकले प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका किशोर श्रेष्ठको सम्पादनमा प्रकासित हुने साप्ताहिक अखबार ‘जनआस्था’मा आफूविरुद्ध श्रृंखलाबद्ध रुपमा लेखिएको भन्दै आक्रोश पोखेका छन्।

प्रतिकले सामाजिक सञ्‍जाल फेसबुकमा लामो स्टाटस लेख्दै अब आफू सहेर नबस्ने उल्लेख गरेका छन्। तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा स्वर्गिय प्रकाश दाहालविरुद्ध जसरी अहिले आफूविरुद्ध पनि लगातार झुटा समचार लेखिएको भन्दै चेतावनी दिएका छन्- अहिलेसम्म सहियो अब अति भयो।

प्रहरी सरुवा बढुवादेखि बालुवा खानी-ढुंगाखानी सन्चालनमा प्रतिक संलग्न हुने गरेको आरोप लाग्ने गरेको छ। उनले रक्सिकै भरमा आफूविरुद्ध समाचार लेखिएको दावी गरेका छन्। झुटा समाचार सेयर गरेको भन्दै  तत्कालिन माओवादी निकट पत्रकार मानिने खिलाबहादुर भण्डारीविरुद्ध पनि उनले आपत्ति जनाएका छन्।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्