विवाहपञ्‍चमीको उत्सव

बाह्रबिघामा रामजानकीको भव्‍य स्वंयवर र पुष्पवृष्टि

जनकपुरधाम- जनकपुरको एतिहासिक रंगभूमि मैदानमा बाह्रबिघामा रामजानकीको स्वयंवर हर्षोल्लास पूर्वक मनाइएको छ।

प्रमुख अतिथिको रुपमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिको उपस्थितिमा धुमधामका साथ स्वयंवर मनाइएको हो।

ऐतिहासिक बाह्रबिघामा रामजानकीको स्वंयवरमा जनककी छोरी सीताले बेहुला श्रीरामलाई बरमाला पहिर्‍याएकी थिइन्।

स्वयम्बरमा मथिलानी महिलाहरुले मंगलगान गाएका थिए भने  हेलिकोप्टरमार्फत बाह्रबिघा र जानकीमन्दिरमा पुष्पवृष्टि गराइएको छ।

सभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेशसका प्रतिनिधीहरु बाह्रविघा पुगका थिए।

विवाहपूर्व स्वंयवर कार्यक्रम गर्ने गरिन्छ।विवाहपूर्व माता सीताले दुलहा श्रीरामलाई वरमाला लगाएकी थिइन् त्यही सम्झनामा विवापूर्व स्वंयवरको आयोजना गरेको जानकी मन्दिरका महन्थ राम तपेश्‍वर दास वैष्णवले बताए।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्