जनकपुरको परिक्रमा गर्दै ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’

जनकपुरधाम- समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखि सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा जनकपुरको पक्रिमा गर्दै सम्पन्न भएको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिषरबाट शुरु भएको चार दिने साइकल यात्रा सिन्धुलीगढीहुँदै तेस्रो दिन मिथिलाको राजधानी तथा सांस्कृतिक सहर जनकपुरधामको परिक्रमा गर्दै सम्पन्न भएको हो।

काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा पारगरी जनकपुरधाम पुगेको यात्रीलाई जनकपुरमा भव्य स्वागत गरिएको थियो। तत्कालिन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु भएको ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’का १ सय १५ जना यात्रीलाई जनकपुरको मोनास्टिक स्कुलको प्रांगणमा स्वागत गरिएको आयोजकलले जनाएको छ।

यसवर्ष दुई साँस्कृतिक शहर काठमाडौं र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढी संग जोड्ने उदेशयले जनकपुरसम्मको यात्रा गरिएको सहआयोजक तथा सानोपाईला जनकपुरका क्षेत्रिय प्रवन्धक राहुल झाले बताएका छन्।

सांस्कृति पर्यटन तथा प्रर्वद्धनको उदेश्य सहित यसवर्ष ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ले दुई साँस्कृतिक शहर काठमाडौं र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढीसँग जोडेको उनले बताए।

स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्थाको सहआयोजनामा ‘राइड टु सिन्धुलीगढी यात्रा’ सम्पन्न भएको हो। दुई बर्षदेखि सिन्धुलीगढीसम्म मात्र पुग्ने गरेको साईकल यात्रा गतबर्ष कात्तिक २४ मा भएको छ।

सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौंबाट १६० जनाभन्दाबढी व्‍यावसायीक साइकल यात्रीलाई सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म पुगेको थियो।

उक्त अभियानले ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्ष मनाइने विजयोत्सवमा साइकल यात्रीलाई सहभागी गराउँदै आएको छ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्