यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिका

नेपाली कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबार काठमाडौंमा सुरु हुँदैछ।

महाधिवेशन भएको वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक आयोजना हुुनुपर्ने भए पनि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि पहिलोपटक बैठक बस्न लागेको हो।

कांग्रेसले महासमितिका लागि चाहिने सबै खालका तयारी पूरा भइसकेको जनाएको छ।

यस्तो महासमिति बैठकको कार्यतालिका

मंसिर २८ गते
रजिष्ट्रेशन एवं स्वागत
समय : अपरान्ह २ देखि ५ बजेसम्म
स्थान : नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

मंसिर २९ गते
उद्घाटन समारोह — समय : बिहान ११ः०० बजे ।
स्थान : यगम्बर पार्टी प्यालेस (सिंहदरवार अगाडि)

मंसिर २९ देखि पुस ३ गतेसम्म 

बन्द सत्र — उद्घाटन समारोह समापन लगत्तै
बन्द सत्र — बिहान ८ देखि बेलुकी ५ बजेसम्म

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्