विवाहपञ्‍चमी उत्सव

बेहुली झै सिंगारिएको जानकी मन्दिर, दर्शनार्थीको घुइँचो

विवाहपञ्‍चमीको साँझ बेलुली झै सिंगारिएको जानकीमन्दिर। तस्बिर-देश सञ्‍चार

जनकपुरधाम- विवाह पञ्‍चमी महामहोत्सवमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ। जानकी मन्दिरको चारैतिर झिलिमिली बत्तीले सिंगारिएको छ भने वरिपरी रंगीविरङगी फूलहरुले द्वार सजाइएको छ।

रामसीताको विवाह हेर्न आएकाहरु जानकी मन्दिरको रौनकता हेरेर उत्साह मनाइरहेका छन्। उनीहरु साँझमा आफन्तसँग जानकी मन्दिर घुम्‍न र तस्बिर खिच्‍न व्‍यस्त देखिन्छन्।भारतबाट आएका साधुसन्त पनि विवाह पञ्‍चमी महामहोत्सवको उत्सव मनाइरहेका छन्।

बुधबार विहान निजी विमानमा विवाहपञ्‍चमी महामहोत्सवमा जानकी मन्दिरमा पूजाअर्चना र दर्शन लगायत करिब ६ घण्टासम्‍म बसेका गरेका योगीले जनकपुरमा भारतलगायत विश्‍वभरका मानिसलाई अवलोकनको लागि आग्रह गरेका थिए।

योगीले नम्बर-२को समकक्षीसँग दिवाभोजमा सरिक हुनुका साथै साधुसन्तसँग समेत भलाकुसारी गरेका थिए। ऐतिहासिक रंगभूमि मैदान बाहंबिघामा रामसीताको स्वयंवर सभामा भाग लिएर उनी लखनऊ फर्किएका थिए। उनीसँगै जनकपुर आएका जन्ती भने विवाह महोत्सवमै सहभागी भएका छन्।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्