जब यातायात व्यवस्था कार्यालय नामको फेसबुकबाट लाइसेन्स बनाएबापत ६० हजार मागियो

पोखरा – यातायत व्यावस्था कार्यालयको फेसबुक पेज र ग्रुप बनाएर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नक्कली पेज र ग्रुपबाट विभिन्न ब्यक्तिहरुलाई नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिँदै पैसा अुसल्ने गर्ने गरेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले पर्वतका सरोज चपाईंलाई पक्राउ गरको हो ।

उनले नक्कली लाइसेन्सको नक्कली कागज बनाईदिए बापत ४० देखि ६० हजार असुलेको अनुसन्धानबाट खुलेको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले बताए । उनले भने– ‘हामी सजिलै तपाईलाई लाइसेन्स फर्म भर्ने र ट्रायल दिने तथा लाइसेन्स निकाल्न समेत सहयोग गर्छौ भनि ठग्दै आएका रहेछन्, विशेष सूचना र अनुसन्धानको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।’

पक्राउ परेका पर्वत मोदि गाउपालिका २ देउपुर बस्ने २२ वर्षका सरोजलाई म्याद थप गरि अनुसन्धान थालिएको गुरुङले जानकारी दिए । सरोजविरुद्ध पहिले नै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत परेको उनले बताए ।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू