प्रदेश-५ प्रहरीलाई तुलसीपुर उपमहानगरपालिकाले दियो भवन

दाङ–तुलसीपुर उपमहानगरपालिकाले प्रदेश ५ प्रहरी कार्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ।

बिहिबार एक कार्यक्रमको आयोजनागरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको ३१ लाख र प्रहरीको दुई लाख श्रमदान गरी ३३ लाखमा निर्माण सम्पन्न भएको कार्यालय भवन प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीलाई हस्तान्तरण गरे।

‘तुलसीपुर उपमहानगरपालिकाले प्रदेश स्तरका कार्यालयहरु तुलसीपुरमा स्थापना हुने सन्दर्भमा फरक खालको नीति लिएको छ। जसबाट हाम्रो ठाउँमा प्रदेश स्तरका कार्यालय बनाउन सजिलो भएको छ’नगरप्रमुख पाण्डेले भने–‘प्रदेश कार्यालय बनाउन नीतिगत रुपमै स्विकृत गरेका छौं। त्यसका साथै पूर्वाधार निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउने भनेर पनि नीति लिएका छौं।’

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्