विवाहपञ्‍चमीको बेला चोरी गर्ने ७२ जना पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम- रामजानकी विवाहपञ्चमीमा बुधवार भिडभाडका बेला पाकेट मार्ने तथा चोरी गर्ने क्रममा ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विवाहपञ्चमी हेर्न जनकपुर पुगेका श्रद्धालुको गरगहना चोर्ने तथा तथा पॉकेट मार्ने क्रममा धनुषा प्रहरीले २० जना महिला सहित ७२ जनालाई चोरी गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मध्ये अधिकांश भारतीय रहेको र उनीहरुलाई एकदिन हिरासतमा राख्दै विहीबार छोडिएको धनुषाका डिएसपी दिपेन्द्र शाहीले बताएका छन् । यस्तै, चोरी गरेको प्रमाण भएकामाथी अनुसन्धान भई रहेको उनले बताए।

विवाहको क्रममा भिडभाड भएको बेला सुरक्षा व्यवस्था कडा गरेपनि अधिंकाश श्रद्धालुको सरसामान चोरी हुँदै आएको छ । यसवर्ष पनि सुरक्षाव्यवस्था अत्यन्त चुस्तदुरुस्त गरिएपनिे श्रद्धालुहरु चोरी तथा पॉकेटमारीको सिकार भएका छन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्