मध्यप्रदेश र राजस्थानमा कांग्रेसलाई समर्थन गर्ने मायावतीको घोषणा

नयाँ दिल्ली – बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीले मध्यप्रदेश र राजस्थानमा बन्ने भारतीय राष्ट्रिय कांग्रेसको सरकारलाई समर्थन गर्ने घोषणा गरेकी छिन्।

मायावतीले कांग्रेस पार्टीको नीतिसँग सहमत नरहेपनि भारतीय जनता पार्टीलाई सत्ताबाट बाहिर पठाउनका लागि पनि समर्थन आवश्यक रहेको बताएकी हुन्। ‘भाजपालाई सत्ताबाट निकाल्नका निम्ति पार्टीले यस्तो निर्णय दिएको हो,’ उनले भनिन्।

मायावतीले भारतीय जनता पार्टीको नेतृत्व र नीति गलत भएको तथ्यलाई यो हारले प्रमाणित गरेको जिकिर गरिन्। बहुजन समाजवादी पार्टीबाट मध्यप्रदेशमा दुई जना र राजस्थानमा ६ जना विधायक निर्वाचित भएका छन्।

मायावतीले कांग्रेसको कमजोरीका कारण आफूले पार्टी गठन गरेको उल्लेख गर्दै विकल्प नभएकै कारण जनताले पुनः कांग्रेसलाई छानेको धारणा राखेकी छिन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्