नेकपाका नेता रायमाझी भन्छन्,

‘स्थायी समिति बैठकमा सरकारका कामको गम्भीर समीक्षा हुन्छ’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सोमबार बस्ने पार्टी स्थायी समिति बैठकमा सरकारको काम कारबाहीको गम्भीर समीक्षा हुने बताएका छन्।

पार्टी स्थायी समितिका सदस्य रायमाझीले जनताको अपेक्षा अनुसार सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन स्थायी समिति बैठक सफल हुने विश्वास पनि व्यक्त गरेका हुन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रायमाझीले सरकारले आफ्नो कमी–कमजोरीलाई हटाउँदै लैजाने दावी गरेका छन्।

रायमाझीले स्थायी समिति बैठकले पार्टीको जनवर्गीय संगठनको एकीकरणको कामलाई पनि टुंगो लगाउने जानकारी दिए। उनले राज्यले सबै धर्मलाई सम्मान गर्नुपर्ने धारणा पनि राखेका छन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्