राज्य व्यवस्था समितिलाई गृहमन्त्रीको जवाफ

‘काठमाडौँ–निजगढ द्रूतमार्गको जग्गाको मुआब्जा बृद्धि गर्न सकिँदैन’

गृहमन्त्री रामबहादुर थापा।

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ–निजगढ द्रूतमार्गको जग्गाको मुआब्जा बृद्धि गर्न नसकिने स्पष्ट पारेका छन्।

द्रूतमार्गको प्रस्थानबिन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा बृद्धि गर्न नसकिने प्रष्ट्याएका हुन्।

बिहीबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गरे। उनले त्यसमा पुनर्विचार गर्न नसकिने बताएका हुन्।

गृहमन्त्री थापाले उक्त जग्गाको मात्रै मुआब्जा बृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा बृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारेका छन्।

उनले खोकना र बुङमतीको जग्गाको मुआब्जा बृद्धि गर्न सरकारले तोकेको मापदण्डमै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराएका छन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्