अमेरिकाको एक कोइला खानीको गुफामा तीनजनाको फसेकाको पाँच दिनपछि उद्धार

अमेरिकाको एक कोइला खानीमा पाँच दिनदेखि फसेका तीनजनाको उद्धार भएको छ । पश्चिम भर्जिनियामा रहेको कोइला खानीमा गएको शनिबार चारजना फसेका थिए ।

एकजना दुई दिनपछि निस्कन सफल भए । जमिनमुनि हजार फिट भन्दा तल फसेका तीनजनाको चार दिनपछि सकुशल उद्धार गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार उनीहरुलाई बुधबार राति उद्धार गरी अस्पताल लगिएको हो । २१ देखि ४३ वर्ष उमेरका उनीहरु गुफामा तामाका तारहरु खोज्न गएको उनीहरुका परिवारका सदस्यले बताएका छन् ।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्