आमा–बुवा झारफुकका लागि गएका बेलामा घरमा आगलागी, तीन सन्तानको मृत्यु

फाइल तस्बिर

दाङ – दाङको बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको छ ।

नवराज पुनका सात वर्षका छोरा कृष्णबहादुर पुन, पाँच वर्षकी छोरी अस्मिता पुन र साढे दुई वर्षकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन् ।

एक छोरा र दुई छोरीलाई घरमै सुताएर झारफुक गराउन नवराजकी श्रीमती जीवना पुन गाउँ गएकी थिइन् । एक वर्ष ४ महिनाका छोरा बिरामी भएका कारण झारफुक गराउन गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा घरमा सुतेका उनीहरुका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।

आगोमा परेर ७ वटा बाख्रा र चारवटा गाई समेत जलेर गरेका छन् । बिहीबार भएको आगलागी स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्