जुत्ताको होलसेल पसलमा आगलागी, पाँच करोड बढीको क्षति

दाङ – तुलसीपुर स्थित विरेन्द्र चोकमा रहेको अन्नपूर्ण ट्रेडर्सले सञ्चालन गरेको जुत्ताको होलसेल पसलमा शुक्रबार बिहानै आगलागी भएको छ । बिहान सवा ६ बजे आगो लागेको हो ।

भीमप्रकाश घिमिरेको तीन तलाको घर र घरभित्र रहेका सम्पूर्ण समाना पूर्ण रुपमा जलेर नष्ट भएको छ । घर धनी घिमिरेका अनुसार पाँच करोडको क्षति भएको छ ।

आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन् । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् ।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्