छोरीको विवाहमा अल्का याग्निकले गाइन् गीत

अल्का याग्निक बलिउडकी लोकप्रिय गायिका हुन्। कुनै बेला हरेक हिन्दी चलचित्र, हरेक एल्बममा कैद हुने उनको आवाज अहिले रेकर्ड भएका छैनन्। तर अल्काले आफ्नो छोरीको लागि गीत गाएकी छन्।

अल्काकी छोरी सायशा कपूरको १२ डिसेम्बरमा विवाह गरेकी छन्। सायशा लामो समयदेखिका प्रेमी अमित देसाईसँग विवाह बन्धनमा बाँधिइन्। रातो लेहेंगामा सजिएकी छोरी अनि आइवरी रंगको शेरवानीमा सजिएका ज्वाईको लागि अल्काले प्रस्तुति दिइन्। अल्काले सायशाको लागि भावुक गीत पनि गाएर सुनाइन्।

भारतकी लोकप्रिय गायिकाकी छोरी भएपनि सायशाले गायन क्षेत्रलाई आफ्नो करियर बनाइनन्। उनले लण्डन स्कूल अफ मार्केटिङबाट एमबिए गरेकी हुन्। उनले आमाले जस्तै गायन सम्बन्धी तालिम त लिइन् तर यसलाई निरन्तरता दिइनन्। अहिले उनी भारतको अंधेरीमा ‘विभोडा बिस्ट्रो’ रेष्टुरेन्टकी मालिक हुन्।

उनका पिता शिलांग कपूर पनि बिजनेस म्यान हुन्। अलका र शिलांगको विवाह सन् १९८९ मा भएको थियो।

तर २६ वर्षदेखि यी दुई छुट्टाछुट्टै बसेका थिए। उनीहरु झगडा परेर होइन, आफ्नो कामको कारणले छुट्टै बसेका हुन्। उनीहरु समझदारीमा नै छुट्टै बसेका हुन्। सायशा आमा अल्कासँग बस्छिन्।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्