विमानमा यौन दूराचार गर्ने भारतीय इन्जिनियरलाई अमेरिकामा नौ वर्षको जेल सजाय

अमेरिकाको एक अदालतले एक भारतीय इन्जिनियरलाई नौ वर्षको जेल सजाय सुनाएको छ। इन्जिनियरलाई आफूसँग विमानमा बसेकी महिलामाथि यौन दूराचार गरेको घटनामा दोषी ठहराइएको हो।

यो घटना यसै वर्षको जनवरीमा घटेको थियो। ३४ वर्षका प्रभु राममूर्ति आफ्नी श्रीमती र पीडित महिलाबीच बसेका थिए। आफू निदाइरहेका बेला यस्तो घटना भएको पीडित महिलाको भनाइ छ।

सांकेतिक तस्बिर

महिलाको आरोप छ कि जब उनी सुतेर उठिन् त्यत्तिबेला उनको सर्ट र पैन्टको बटन खुला थियो र राममूर्तिको हात उनको पेटमा थियो।
अमेरिकी अदालतले सजाय सकिएपछि राममूर्तिलाई भारत फिर्ता पठाइने जनाएको छ।

डेट्रायट फ्री प्रेसको एक रिपोर्टका अनुसार अभियोजन पक्षले अदालतसँग ११ वर्षको जेल सजायको माग गरेको थियो। आफ्नो फैसलामा घटनालाई गम्भीर रुपमा लिएको बताएका वकिल टेरेन्स बर्गले नौ वर्षको सजाय पर्याप्त  हुने बताए। पीडित महिलाले विमानबाट झर्नेबित्तिकै फ्लाइट क्रूलाई घटनाका बारेमा जानकारी दिएकी थिइन्।

मंसिर २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्