फोटो फिचर

कांग्रेसलाई पुनर्जीवन दिन जुटे देशैभरका कार्यकर्ता (फोटो फिचर)

नेपाली कांग्रेस महासमिति बैठकः

काठमाडौँ – नेपाली कांग्रेसका देशैभरिका महासमिति सदस्यहरु उत्साह र जाँगर बोकेर काठमाडौँमा भेला भएका छन्।

काठमाडौँको यलम्बर पार्टी प्यालेसमा शनिबार सुरु भएको महासमिति बैठकमा विशेषतः कांग्रेसलाई पुनर्जीवन दिने उद्देश्यका साथ उनीहरु बैठकमा भेला भएका छन्।

महासमिति बैठकमा सहभागी हुन आएका कांग्रेस नेता–कार्यकर्ता। तस्बिरहरुः दीपा दाहाल/देश सञ्चार

कांग्रेसले चुनावमा पराजयपछि पुनर्जागरणका लागि यति ठूलो भेला आयोजना भएको यो नै पहिलो पटक हो।

महासमिति सदस्यहरुले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै त्यसमा नेतृत्वको प्रतिवद्धताको खाँचो औँल्याएका छन्।