पोखराका सुन पसलमा चोरी गर्ने पक्राउ

पोखरा – पोखराका विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेको छ । प्रहरीले मंसिर २९ गते बिहान दुई बजेको समयमा पोखरा १२ हस्पिटल चोक स्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दा एक जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारले कास्कीबाट प्रहरी निरीक्षक दिपक केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले कपिलबस्तु घर भई हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षीय दिपिन भन्ने ईन्द्र बहादुर थापालाई पक्राउ गरेको हो ।

थापालाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चोरी गरेको सामान थापाकै कोठाबाट बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता रविन्द्र गुरुगंले जानकारी दिए ।

बरामद सामान


१ सुनको कटारी गेडी ९ पीस
२ सेतो चादीको बाला १ थान
३ चादीको पत्थरबाला औठी २ थान
४ चादीकोगोलो पाउजु १ थान
५ चादीको ड्यासवाला पाउजु १ जोर
६ मोबाइल २ थान,
७ चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १ थान,
८ मोमोरीकार्ड २१ पिस

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्