पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्‍य स्वागत

पोखरामा नारा लाग्‍यो, ‘राजा आऊ, देश बचाऊ’

पोखरा पुगेका पूर्वराजा-रानी ज्ञानेन्द्र शाह र कोमल राज्‍यलक्ष्‍मी शाहलाई एयरपोर्टमा स्वागत गर्न बसेका समर्थकहरु। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार

पोखरा-निजी भ्रमणमा पोखरा सोमबार आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा एयरपोर्टमा भव्‍य स्वागत गरिएको छ।

उनको स्वागतमा विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली काँग्रेस वि.पि, शिवसेना नेपाल, धार्मिक संघ संस्था लगायत सयौं समर्थकहरु पूर्वराजाको स्वागतमा जुटेका थिए।

विमानस्थल अगाडि स्वागतमा जुटेका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,राजा आऊ देश बचाऊ’भन्दै नारा लगाएका थिए। उनीहरुले हिन्दु राष्ट्रको माग र गणतन्त्र विरोधि

नारा पनि लगाएका थिए।

उनका साथ बडा महारानी कोमल शाह पनि रहेकी थिइन्। उनी पोखराको माउण्ट ग्लोरी होटलमा २ साता बस्ने मुल आयोजक समितिका संयोजक केशव भण्डारीले जानाकारी दिए।

उनले पोखराका विभिन्‍न पर्यटकीय स्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको जनाइएको छ।

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्