मध्य प्रदेशमा कमलनाथ, राजस्थान र छत्तीसगढमा को–को बने मुख्यमन्त्री?

नयाँ दिल्ली – भारतको मध्य प्रदेश राज्यको मुख्यमन्त्री पद कांग्रेस नेता कमलनाथले सम्हालेका छन्। राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेसको जीतपछि नयाँ मुख्यमन्त्रीको शपथग्रहण सोमबार भएको छ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र उपमुख्यमन्त्री सचिन पायलटले शपथग्रहण गरेका छन्। मध्य प्रदेशको मुख्यमन्त्रीको जिम्मा कमलनाथले सम्हाल्दै शपथग्रहण गरेका हुन्।

छत्तीसगढमा भूपेश बघेलले पनि राज्यका तेश्रो मुख्यमन्त्री पदको शपथग्रहण गरेका छन्।

मध्यप्रदेशमा मुख्यमन्त्रीको शपथग्रहण समारोहमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि सहभागी भएका छन्। लोकसभा संसदको प्रमुख विपक्षी पार्टी कांग्रेस गान्धीको नेतृत्वमा सन् २०१९ को चुनावी अभियानमा होमिएको छ।

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्