स्वर्गद्वारी घुमेर फर्किने क्रममा हराएका व्यक्ति यो अवस्थामा भेटिए

दाङ – एक महिनाअघि स्वर्गद्वारी भ्रमणबाट फर्कने क्रममा बाटोबाटै हराएका व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी सुवास पुन मगरको शव घोराही उपमहानगरपालिका १९ बोल्दीको मुनि रहेको हरिकिसे जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनाको अनुसन्धान गर्न परिवारका सदस्यले माग गरेका छन्।

पुस २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्