विराट कोहली सबैभन्दा घमण्डी खेलाडी

हिन्दी सिनेमामा सार्थक चलचित्रबाट आफ्नो पहिचान बनाएका नसीरुद्दीन शाह चलचित्रबाहेक अरु मुद्दामा प्राय चुप रहन्छन् तर सोमबार उनले फेसबुकमा एक पोष्ट शेयर गर्दै भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई निशाना बनाएका छन् ।

शाहले आफ्नो पोष्टमा लेखेका छन्, ‘विराट कोहली उत्कृष्ट क्रिकेटर मात्रै होइनन् उनी संसारकै सबैभन्दा खराब व्यवहार गर्ने खेलाडी पनि हुन् क्रिकेटको प्रतिभासँगै उनीसँग घमण्ड र खराब व्यवहार पनि छ । अनी अर्को कुरा मलाई मेरो देश छोड्नुपर्ने कुनै कारण छैन ।’

हालै विराट कोहलीले आफ्नो एपमा एक भिडियो शेयर गरेका थिए जसमा एक व्यक्तिले गरेको टिप्पणीको जवाफ दिदै उनले ‘जुन भारतीयलाई भारतीय खेलाडी मन पर्दैन उनीहरुले भारत छोडेर जानुपर्छ’ भनेका थिए ।

विराट कोहलीको यो भिडियो उनको जन्मदिनमा सार्वजनिक गरिएको थियो । यस भिडियोमा उनी ट्विटर र इंस्टाग्राममा प्राप्त सन्देश पढीरहेका थिए ।
यसै क्रममा उनले एक सन्देश पढे , जसमा कसैले उनलाई ‘ओवररेटेड खेलाडी’ भनेका थिए ।

ती व्यक्तिले लेखेका थिए, ‘तपाई ओवररेटेड खेलाडी हो । व्यक्तिगत रुपमा मलाई तपाई कुनै विशेष लाग्दैन मलाई अस्ट्रेलियाका ब्याट्सम्यानहरु मन पर्छन् ।’
यसको जवाफमा विराटले भनेका थिए,’मलाई लाग्छ तपाई भारतमा बस्न लायक हुनुहुन्न तपाई अन्त कतै जानुहोस् । तपाई हाम्रो देशमा रहेर पनि अर्काको देशका खेलाडीलाई किन मन पराइरहनुभएको छ? तपाई मलाई मन पराउनुहुन्न केही छैन तर हाम्रो देशमा बसेर कुनै अन्य देशका चिजहरु मन पराउनु राम्रो हुँदैन । आफ्नो प्राथमिकता तय गर्नुहोला ।’

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्