दुर्घटनामा घाइते भएका व्यक्तिबाट बरामद भयो लागुऔषध, डिस्चार्जपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु

दाङ–दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको साथ बाट लागुऔषध फेला परेको छ । राप्ती पोलिक्लिनिक भालुवाङ्गमा उपचार गराइरहेका घाइते व्यक्तिको साथ बाट लागुऔषध फेला परेको हो ।

सोमबारराति राप्ती गाउँपालिका वडा नम्बर २ मा भालुवाङ्ग बाट प्यूठान जाँदै गरेको रा १ प ८८७६ नम्बरको मोटरसाइकल लाई नम्बर नखुलेको पिकअप भ्यानले ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक प्यूठान नगरपालिका वडा नम्बर २ बिजयनगर निवासी २४ वर्षीय ललितजंग विष्टको साथबाट दुई पत्ता ३० ट्याबलेट नाईटजेपाम नाम गरेको लागुऔषध फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।

राप्ती पोलिक्लिनिकमा उपचार पश्चात मोटरसाइकल चालक विष्ट सहित मोटरसाइकलमा सवार प्यूठान नगरपालिका वडा नम्बर ३ चितिखोला निवासी २२ वर्षीय किरण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्