जाडो बढ्यो

दिउँसै लाइट बालेर गुड्दैछन् सवारी साधन (तस्बिरहरु)

काठमाडौँ – दुईदिनदेखि लगातार चिसो बढेपछि काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ । कठ्याङ्ग्रिने जाडोका कारण गरिखाने मजदुरहरुको दैनिकी थप प्रभावित भएको छ ।

चिसोका कारण बालबालिका तथा ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सोमबार काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको थियो भने मंगलबार बिहानैदेखि घाम नझुल्केपछि चिसो झनै बढेको छ ।

मंगलबार मौसममा बदली भएका कारण घाम नलाग्ने भएकोले चिसो थप बढ्ने मौसमविदको भनाई छ । आकाश नखुलेको र कुहिरो लागेका कारण सवारीका साधनहरु दिउँसै लाइट बालेर गुडिरहेका छन् ।

मंगलबार बिहान दशबजे देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:


पुस ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्