परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबिच भेटवार्ता

काठमाडौँ – अमेरिकामा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्री पोम्पेओबिच वासिङ्गटनमा भएको भेटमा दुई देशको मित्रतालाई थप प्रगढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्री पोम्पेओले नेपाल–अमेरिका सम्बन्ध बिस्तारका लागि नागरिक–नागरिक सम्बन्धमा जोड दिएका छन् । यस्तै दुई नेताबिच नेपालमा तय गरिएको ५०० मिलियन अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेशनका बारेमा पनि छलफल भएको जनाइएको छ ।

भेट ऐतिहासिक रहेको बताउँदै अमेरिकी विदेश मन्त्री पोम्पेओले नेपालसँगको सहकार्य थप बलियो बनाउन सहयोगी बन्ने बताए । अमेरिका–नेपाल सम्बन्धमा हुने विकासको सम्भावना राम्रो रहेको पनि उनले बताएका छन् ।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्