निर्मला पन्त हत्या प्रकरण

कञ्चनपुरका एसपी भन्छन्, ‘विशाल र प्रदीपको डिएनए रिपोर्ट प्राप्त भएको छैन’

काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण सम्पन्न भइसकेको छ ।

जिल्ला सरकारी वकिलको रोहबरमा खोल्ने भनि हिजो ( मंगलबार) नै कञ्चनपुर पठाइएको भए पनि हालसम्म उक्त रिपोर्ट कञ्चनपुर नपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

नेपाल प्रहरीले मंगलबार काठमाडौँबाट उक्त रिपोर्ट कञ्चनपुर पठाइसकेको जानकारी सञ्चार माध्यमहरुलाई दिएको थियो ।

‘डिएनए रिपोर्ट हिजै पठाएको कुरा थियो तर हामीले अहिलेसम्म प्राप्त गरेका छैनौँ,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने, आज दिउँसोसम्म प्राप्त हुन्छ कि?’

यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले पनि ल्याबले हिजै डिएनए रिर्पाेट पठाउने जानकारी दिएको बताए ।

उनले भने, ‘डीएनए रिर्पाेट हिजो नै पठाएको कुरा थियो, तर जिल्लाबाट प्राप्त भइसकेको भनेर जानकारी आएको छैन ।’

प्रहरीले कञ्चनपुरका जिल्ला सरकारी वलिकको रोहबरमा मात्रै डिएनए रिर्पाेट खोल्ने जनाएको छ । प्रहरी श्रोतलाई जनाउँदै दुवैजनाको डिएनए रिर्पाेट नेगेटिभ आएको भन्दै समाचार बाहिर आइसकेको छ ।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू