मध्यराति ट्याक्सी चालकको आँखा फुटाएर ६ हजार लुटियो

सांकेतिक तस्बिर

काठमाडौँ – ललितपुरमा मंगलबार मध्यराति एकजना ट्याक्सी चालकमाथि लुटपाट भएको छ ।

पुल्चोकबाट बिरामी रहेको र अस्पताल जानेभन्दै राति १ बजे ट्याक्सीमा चढेका दुईजना युवाले चालकमाथि चक्कु प्रहार गरेर नगद ६ हजार र मोवाइल लुटेको ललितपुर प्रहरी परिषरका प्रवक्ता शेखर खनालले जानकारी दिए ।

चक्कु प्रहारबाट ट्याक्सी चालक सिन्धुपाल्चोक घर भई हाल भैँसेपाटी बस्ने ४२ वर्षका डम्बर खड्काको बाँया आँखा फुटेको, टाउको र गालामा चोट लागेको उनले बताए ।  घाइते रहेको उनको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराको आक्रमणपछि घाइते भएका चालक खड्का आफै ट्याक्सी चलाएर प्रहरीचौकी पुगेका थिए । बालकुमारीबाट पाँचसय मिटर पश्चिम पुगेपछि चालकमाथि चक्कु प्रहार भएको, हालसम्म लुटेर पक्राउ नपरेको र खोजी भइरहेको प्रवक्ता शेखर खनालले जानकारी दिए ।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्