पकेटमारले सार्वजनिक स्थलमा प्रयोग गर्ने यी १५ कोड भाषा

काठमाडौँ- काठमाडौमा लामो समयदेखि सार्वजनिक सवारीमा पाकेटमारी गर्दै आएको संगठित समूहलाई प्रहरीले पक्राउ गरेको छ।

६० भन्दा बढी सादा पोसाकका प्रहरीलाई सार्वजनिक यातायातमा खटाएर पाकेटमारलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाको साथबाट प्रहरीले सात लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ। यसमध्ये पाँच लाख ९६ हजार पीडितलाई हस्तान्तरण गरिएको जनाइएको हो।

प्रहरीका अनुसार एउटा बसमा पकेटमारले ६ जनाको सम्म समूह बनाएर पैसा,मोबाइल, सिक्री लगायत सामग्री चोर्ने गर्थे। अनुसन्धानपछि प्रहरीले चोरले प्रयोग गर्ने भाषा पनि पत्ता लगाएर सार्वजनिक गरेको छ। प्रहरीका अनुसार चोरले प्रयोग गर्ने भाषा यी हुन्।

पैसा – द

मोवाइल – कान

पकेटमारी पिडित – रामे

पकेटमारी गर्ने (मास्टर) – काशी

पैसा धेरै छ – टानको द

पैसा थोरै छ – जुटको द

गाडी -कांचा

केटा – छापा

केटी -भद्री

पुलिस आयो – ठुल्दाइ आयो

ड्राईभर – माम

खलासी- मले

गाडीबाट झरेर भाग-  टप्की

गाडी भित्र अगाडी सर – अकल जा

गाडी भित्र पछाडी सर – चिछल जा

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्