बिदा भए डा.तुलसी गिरी सधैँका लागि (फोटो फिचर)

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको अन्तिम संस्कार पशुपतिको विद्युतीय शवदाहगृहमा गरिएको छ। बुधबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा दिउँसो तीन बजे उनको अन्तिम बिदाइ सामान्य तरिकाले गरिएको हो।
गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान बुढानिलकण्ठस्थित निवासमा राखिएको थियो। गिरीले आफ्नो अन्त्येष्टि सामान्य र आत्मसम्मानपूर्ण तरिकाले गर्न मृत्युअघि नै इच्छा गरेको उनकी पत्नी सराह गिरीले जानकारी गराएकी छन्।
निधनअघि नै डा. गिरीले आफ्ना साथीहरु आएर सामान्य तरिकाले आफ्नो अन्त्येष्टि गर्ने जानकारी पत्नीलाई गराएका थिए।‘साधारण व्यक्तिको जसरी र आत्मसम्मानपूर्ण तरिकाले अन्त्येष्टि गर्न उहाँले भन्नुभएको थियो,’ सराहले भनिन्।
मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार