योग्यता 'क्रिस्चियन' हुनुपर्ने विवाद

टिच नेपाललाई सम्पूर्ण डकुमेन्ट पेश गर्न प्रशासनको निर्देशन

काठमाडौँ – आवश्यक योग्यता ‘जन्मजात क्रिस्चियन’ र ‘क्रिस्चियन शिक्षा’ प्राप्त गरेको हुनुपर्ने माग गरि विज्ञापन खुलाएपछि विवादमा तानिएको ललितपुरमा सञ्‍चालित एक गैह्र सरकारी संस्थामाथि छानबिन अगाडि बढाईएको छ। संस्थासँग सम्बन्धित कागजात झिकाइएको हो।  ‘टिच नेपाल’ नामक संस्थाले केही दिन अघि शिक्षकका लागि आह्ववान गरेको विज्ञापनमा यी योग्यता हुनुपर्ने भन्‍दै विज्ञापन निकालेको थियो।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले छानबिन सुरु गरेको छ। यस विषयमा बुझ्न प्रशासनले मंगलबार संस्थाका अधिकारीलाई बोलाएको थियो।  तर कर्मचारी मात्र उपस्थित भएपछि बुधबार सन्चालकलाई पठाउन निर्देशन दिईएको थियो।

यस्तो थियो विज्ञापन

जिल्ला प्रशासनको निर्देशनपछि बुधबार टिच नेपालका संस्थापक अध्यक्ष डा.महेन्द्र भट्टराई लगायतका पदाधिकारी पुगेका थिए। प्रशासनले बिहीबारसम्म संस्थाका सम्पूर्ण कागजात पेश गर्न निर्देशनसहित उनीहरुलाई तारेखमा छाडेको छ।

‘ संस्थाका उदेश्यहरु, कार्यक्रमहरु, आर्थिक स्रोतहरु बुझ्नुपर्ने भएकाले सम्पूर्ण डकुमेन्ट पेश गर्न निर्देशन दिएका हौँ’, ललितपुर जिल्ला प्रशासन स्रोतले भन्यो।

 

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू