एनआईसी एशिया बैंकको २१ औं वार्षिक साधरणसभा

काठमाडौं – एनआईसी एशिया बैंकले २१औं वार्षिक साधरणसभा गरेको छ ।

ललिपरको एक होटलमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गरेर लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. ७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । चालु आ.व. २०७५÷७६ को लागि श्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले असी करोड एकतीस लाख एघार हजार सात सय बोनस शेयर वितरण गर्न र त्यसमा लाग्ने कर चार करोड बाइस लाख उनान्सत्तरी हजार सड्तीस नगद लाभांस वितरण गर्ने निर्णय गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी आठ अर्ब चार करोडबाट वृद्धि गरी आठ अर्ब चौरासी करोड बनाउन, साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बेलाई वृद्धि गरी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे बनाउन स्वीकृत दिएको छ ।

बैंकका दुई सय ७० शाखा कार्यालय, दुई सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो बैठक बन्न सफल भएको एनआईसीले वासलात दुई सय ११ अर्ब भन्दा बढि पुगेको पु¥याएको छ भने निक्षेप एक सय ६९ अर्ब पुगेको छ ।

बैंकले एक सय ४५ अर्ब कर्जा प्रवाह गरेको पाण्डेले जानकारी दिए । बैंकको ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्