श्रीया विकका हत्यारा कुशुमलाई जन्मकैदको फैसला

पोखरा- असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी १० वर्षीय श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो।

पोखरा महानगरपालिका वडा नं २२ निवासी मिन बहादुर विकको जाहेरीको आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा २२ कोदी बस्दै आएका २७ वर्षीय पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । पौडेलमाथी भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो।

हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए। उनलाई कास्की प्रहरीले २४ घण्टा नपुग्दै पक्राउ गर्न सफल भएको थियो। उनले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए। त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए।

पुस ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू