आर्सनललाई स्तब्ध पार्दै टोटनह्याम सेमिफाइनलमा, गोलकर्ता डेल अलीमाथि बोटल प्रहार

आर्सनललाई हराउँदै टोटनह्याम इएफएल (लिग कप) अर्थात काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले आर्सनललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनललाई उसकै मैदानमा हराउने क्रममा टोटटनह्यामलाई सन हेङ्ग–मिन र डेल अलीले गोल गरे ।

२० औँ मिनेटमा सनको गोलबाट टोटनह्यामले पहिलो हाफमा १–० को अग्रता लियो । ५९ औँ मिनेटमा अलीले गोल गर्दै अग्रता दोब्बर पारे । आर्सनलले त्यसपछि पनि गोल फर्काउन नसकेपछि टोटनह्याम २–० ले विजयी भयो ।

अलीले गोल गरेको केही समयपछि उनलाई भिडबाट बोटलले हानिएको थियो । बोटलले अलीको टाउकोमा लागेको थियो ।

२२ वर्षका अलीलाई खेलको ७३ औँ मिनेटमा प्लाष्टिकको बोटल प्रहार भएको हो । टोटनह्याम सन् २०१४–१५ को सिजनपछि पहिलोपटक लिग कपको अन्तिम चारमा पुगेको हो ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्