अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढायो, ट्रम्पको चेतावनीको बेवास्ता

अमेरिकाको केन्द्रीय बैंकिङ्ग प्रणाली द फेडरल रिजर्भले ब्याजदर बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बाबजुद फेडरल रिजर्भले ब्याजदर बढाएको हो ।

अमेरिकाको केन्द्रीय बैठकका अधिकारीले ब्याजदर ०.२५ प्रतिशतले बढाउने पक्षमा मत दिएका हुन्। अब ब्याजदर २.२५ प्रतिशतबाट २.५० प्रतिशत पुगेको छ । अमेरिकाको केन्द्रीय बैंकले भविष्यमा बिस्तारै ब्याजदर बढ्ने पनि बताएको छ ।

राष्ट्रपति ट्रम्पले मंगलबार ब्याजदर बढाएर फेरि अर्को गल्ती नगर्न चेतावनी दिएको भोलिपल्ट केन्द्रीय बैंकका पदाधिकारीले ब्याजदर बढाउने पक्षमा मत दिएका हुन् ।

पुस ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्